हस्ताक्षर बुझाउन महन्त ठाकुरले निर्वाचन आयोगसँग मागे एक साताको समय

हस्ताक्षर बुझाउन महन्त ठाकुरले निर्वाचन आयोगसँग मागे एक साताको समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले निर्वाचन आयोगसँग केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर बुझाउन एक साताको समय माग गरेका छन् । अध्यक्ष ठाकुरले कोरोना महामारीको कारण देखाउँदै एक साताको लागि समय मागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसपाभित्रको विवाद उत्कर्षमा पुगेपछि ठाकुरपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएको थियो । ठाकुरले आयोगलाई पत्र पठाउँदै अध्यक्ष यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए ।

त्यस्तै यादव समूहले पनि त्यसको भोलिपल्ट ठाकुर समूहलाई पार्टीबाट कारबाही गरिएको भन्दै आयोगमा पञ पठाएको थियो । १९ गते निर्वाचन आयोगले दुबै अध्यक्षलाई पत्र लेखेर सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो । त्यससँगै आयोगले अध्यक्ष ठाकुरसँग भने केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो ।

उपेन्द्र यादव समूहले अनुचुची १८ बमोजिम फारममा विवरण पठाएको तर महन्थ ठाकुर समूहबाट विवरण प्राप्त नभएको र थप एक साता समय माग भएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।