काठमाण्डु – प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टी र नेपाली कांग्रेसबीच सत्ता साझेदारी भएको छ ।
जसपा उपेन्द्र यादव पक्ष र कांग्रेसबीच सत्ता सहकार्यका लागि सहमति भएको हो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेसका मन्त्रीको नाम टुंगो लागेको स्रोतले जानकारी दियो । कांग्रेसबाट थपिने मन्त्रीको शपथ बुधबार हुने बताइएको छ ।




प्रतिक्रिया