बुधबार कुन राशिका लागि कति शुभ? हेर्नुहोस् भाग्यफल

बुधबार कुन राशिका लागि कति शुभ? हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विसं २०७८ साल जेठ २६ गते बुधबार । इस्वी सन् २०२१ जुन ०९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइलेखाइमा कमजोर भएको महसुस हुनेछ भने नतिजा अरूतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला, खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरू प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । प्रेममा एक अर्काबीच वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवनसाथीसँग अविश्वास बढेर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा इमानदारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) मायाप्रेममा धोका हुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुने छैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) समयले साथ नदिँदा हुनै लागेको काम बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) पढाइलेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । मायाप्रेममा रामाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णय तपार्इंकै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पदप्रतिष्ठा पाउने योग छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेको छ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ, ध्यान दिनुहोला ।