काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस र माओवादी केन्द्र पनि सहभागी हुने भएकाे छ ।
मंगलबार जसपाका उपेन्द्र यादव पक्ष, काँग्रेस र माओवादीबीच सत्ता सहकार्यको सहमति भएको हो । सो सहमतिपछि तीन दलका शीर्ष नेताहरु बुधबार मन्त्रालयको बाँडफाँटका लागि छलफलमा जुटेका छन् ।
प्रदेश २ काँग्रेस संसदीय दलका नेता रामसरोज यादवका अनुसार विहान ९ बजेदेखि तीन दल छलफलमा छन् । तत्कालीन राजपाका चार मन्त्रीलाई बर्खास्त गरेपछि मन्त्रिमण्डल विस्तार गर्न मुख्यमन्त्री लालबाबु राउतलाई सकस थियो ।
मंगलबार ६ वटा मन्त्रालय टुक्रयाएर १० वटा मन्त्रालय बनाउने निर्णय भएसँगै तीन दलबीच सत्ता सहकार्य गर्ने कार्य अन्तिम चरणमा पुगेको हो ।कांग्रेस र माओवादीसँग आज सहमति पत्रमा हस्ताक्षर गर्ने आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
कांग्रेस र माओवादीलाई सत्तामा ल्याउन सरकारले विभिन्न चरणमा दुवै पार्टीसँग छलफल तथा वार्ता जारी राखेको थियाे ।




प्रतिक्रिया