काठमाण्डु – राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट अन्य समूहअन्तर्गत गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी भएका थिए ।




प्रतिक्रिया