पर्याप्त खोप नआएको भन्दै हेटौँडामा मेयरले रोके खोप अभियान

पर्याप्त खोप नआएको भन्दै हेटौँडामा मेयरले रोके खोप अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वागमती – हेटौँडामा आजदेखि लगाउने भनिएको कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित भएको छ । मेयर हरिबहादुर महतले ६२ देखि ६४ वर्षसम्मका सबै जेष्ठ नागरिकलाई पुग्ने खोप नआएको भन्दै कार्यक्रम स्थगित गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाभित्र ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ६ हजार भन्दा बढी नागरिक छन् । तर, खोप २ हजार ७ सय मात्रै आएको भन्दै महतले खोप रोकेका हुन् ।

खोप लगाउन सम्बन्धित वडावासी स्वास्थ्य संस्थामा आइपुगेपछि खोप कार्यक्रम स्थगित गरिएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

अर्को व्यवस्था नभएसम्मलाई खोप कार्यक्रम रोख्नु भनेर निर्देशन आएको उनले बताए । हेटौँडाका १९ वटै वडामा खोप कार्यक्रमका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । आजेदेखि ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाईंने कार्यक्रम तय भएको थियो ।