काठमाण्डु – न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाईका लागि गठन भएको संवैधानिक इजलासबाट नहट्ने भएका छन् ।
दुई जना न्यायाधीशको विषयलाई लिएर सरकारी वकिलले प्रश्न उठाएका थिए । तर, उनीहरुले संवैधानिक इजलासबाट नहट्ने भएका हुन् ।
बुधबार बिहानबाट सुरु भएको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने बताएका छन् ।
प्रधानन्यायाधीश राणाले संसद विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा परेको रिटको सुनुवाई अघि बढाएका छन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासका न्यायाधीशका विषयमा प्रश्न उठाउन नपाइने चेतावनी दिएका छन् ।
उनले अस्तिको कुरा आफूहरुले नोटिस गरिरहेको बताएका छन् । त्यस्तै न्यायाधीश खतिवडाले आधा घण्टामा बहस सक्काउन पनि वकिलहरुलाई निर्देशन दिएका छन् । ‘अबदेखि यो विषय उठान हुँदैन । हामी चारजना एउटै डुंगामा सवार छौँ । अब थप कुरा नउठाउनुस्’, उनले भने ।




प्रतिक्रिया