नर्सहरुको आपत्ति: समान काममा ज्याला फरक किन ?

नर्सहरुको आपत्ति: समान काममा ज्याला फरक किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सरकारी सेवामा आवद्ध नर्सिङहरुको संघ (गोनान)ले ’एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था २०७७’ कार्यविधिले नर्सहरुमाथि विभेद गरेको भनदै आपत्ति जनाएका छन् ।

कार्यविधिमा चिकित्सकलाई प्रमुख महत्वका साथ हेरिएको र नर्सको सेवा–सुविधामा विभेद गरिएको भन्दै नर्सहरूले विरोध जनाएका छन् । गोनानका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई भेटी सरकारले ल्याएको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था २०७७’ कार्यविधिमा नर्सहरुमाथि विभेद भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

संघले कार्यविधि आउन राम्रो भए पनि नर्सहरुका विषयमा विभेद भएको भन्दै त्यसमा संशोधन गर्दै डाक्टरहरुको जस्तै नर्सका लागि पनि स्पष्ट व्यवस्था गर्न माग गरेको छ। समान कामका लागि कार्यविधिले विभेद गरेको गोनानकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन् । उनि भन्छिन्- ‘कहिलेसम्म नर्सलाई विभेद गरिराख्ने ? ।’

उनले चिकित्सकसरह नै नर्सले काम गरेको हिसाबले कार्यविधिको दफा ४ को उपदफा २को (क) बमोजिम नै नर्सले सेवा–सुविधा पाउनुपर्ने जिकिर गरिन्। कार्यविधिको दफा ४ को उपदफा २ को (क) मा अतिरिक्त भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्बन्धमा कार्य सम्पादनका आधारमा चिकित्सकलाई अनुसूचीमा उल्लेख भएबमोजिम शतप्रतिशत अतिरिक्त भत्ता दिने उल्लेख गरिएको छ।

गर्न चिकित्सक तथा नर्सलगायतका स्वास्थ्यकर्मीलाई सो कार्यक्रम सञ्चालनबाट प्राप्त आयमा प्रत्यक्ष खर्च कटाएर प्राप्त आम्दानीको २० प्रतिशत सम्बन्धित स्वास्थ्य संस्थालाई छुट्टाएर बाँकी ८० प्रतिशत अतिरिक्त भत्ता दिने उल्लेख गरिएको छ।