कोरोना संक्रमितको संख्या घट्यो, आज ३ हजार ७४९ जनामा पुष्टि

कोरोना संक्रमितको संख्या घट्यो, आज ३ हजार ७४९ जनामा पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९०१ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त का छन् । योसँगै नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन्

आज कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । याेसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।