काठमाण्डु–जनता समाजवादी संसदीय दल गण्डकीकी सचेतक धनमाया लामा पोखरेलले सरकारलाई साथ नदिने चेतावनी दिएकी छन् । उनले सहमति विपरित मन्त्रिपरिषद विस्तार गरेको भन्दै सरकारलाई साथ नदिने चेतावनी दिएकी हुन ।
जसपाका सांसद हरिशरण आचार्यसहित ४ जनाले शनिवार सांझ मन्त्रीको रुपमा सपथ लिइसकेका छन् । लामाले कांग्रेस नेतृत्वको गठबन्धनमा जान २ जना सांसद नै मन्त्री बन्ने सहमति भएको तर अहिले आएर सहमती तोडेको आरोप लगाईन ।
जसपाको आज बसेको बैठकले दुवै जना सरकारमा जाने सहमती भएपनि आचार्य सरकारमा गएको र आफ्नो त्यसमा सहमती नहुने लामाले बताईन ।
पार्टी र गठबन्धनको पूर्व सहमति अनुसार मन्त्रीमण्डलमा सहभागी गराए मात्र सरकारलाई साथ दिने उनको भनाइ छ । जसपाको प्रदेश कमिटीको निर्णय पनि लिखित सम्झौता भएपछि मात्र सरकारमा जाने रहेको लामाको दावी छ ।
उनले गण्डकीमा आफूहरुलाई दलीय हैसियत दिनुपर्ने र उच्च स्तरीय संयन्त्र बनाएर सरकारका काम गर्ने सहमति अनुसार चलेमात्र सरकारमा जाने सांसद लामाले बताईन ।




प्रतिक्रिया