कोरोना खोप लगाएपछि असनकी संगिताको शरीर चुम्बक बन्यो, डाक्टरै चकित

कोरोना खोप लगाएपछि असनकी संगिताको शरीर चुम्बक बन्यो, डाक्टरै चकित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अहिले विश्वमै कोरोना महामारीविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि भाइरसविरुद्धको खोप अभियान जारी छ ।

खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने सुनिँदै आएको छ । तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो । नेपालमा पनि त्यस्तै घटना भएको छ ।

४ दिन अघि मात्रै भेरोसेलको पहिलो डोज खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चुम्बक जस्तै भएको छ । मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले आफ्नी फुपु संगिताको शरीर चुम्बकजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।

चुम्बकले फलाम तानेको जस्तो फुपुकाे शरीरले पनि चम्चा, साँचो तानेको देखेपछि आश्र्चयमा परेको प्रधानाङ्गको भनाइ छ । संगिताको शरीरमा चम्चा, थाल टाँसिएको भिडियोमा देखाइएको छ । यसबारे अध्ययन हुनुपर्ने उनको भनाइ छ ।

भारतमा पनि कोभिशिल्डको दुवै मात्रा लगाएका एक व्यक्तिको शरीरमा पनि म्याग्नेट उत्पन्न भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि यसबारे अनुसन्धान हुन बाँकी छ ।