दाङ- दिगो बिपद ब्यवस्थापन संस्थाले दाङको बबई गाउपालिकामा राहत वितरण अभियान सुरु गरेको छ । सो संस्थाले कोरोना पोजेटिभ, अशक्त, असहाय, बृद्धबृदा, एकल महिला लगायत अति विपन्न परिवारहरुको सहयोगको लागि राहत वितरण अभियान सञ्चालन गरेको हो ।
कोरानाबाट अत्यन्तै प्रभावित बबई गाउपालिका यतिखेर आक्रान्त अवस्थामा छ । त्यसैलाई मध्यनजर गरेर त्यहाँका युवाहरुले अति विपन्न परिवारलाई सयोग गर्ने हेतुले यो अभियान संचालन गरेको अभियानकर्ता खुमबहादुर बिकले जानकारी दिए ।
यतिबेला उनिहरु बबई गाउपालिका विभिन्न ठाउमा राहत सामाग्री वितरण गरिरहेका छन् अभियान्ताहरु रुद्र सिङ बिश्वकर्मा, खुमबहादुर बिःक रेशम बिःक, लोक बाहादुर खत्री, भुप बहादुर बिःक, समीर बिःक गोमान सिङ बिःक , शुरेस बिक, कुल बहादुर बिः क,नारायण राणा रहेका छन् । उनीहरुले यदि सहयोग गर्न चाहानेहरुका लागि संयुक्त बैंक खाता नं ०६४००५९११ मा रकम जम्मा गर्नसक्ने बताएका छन् ।




प्रतिक्रिया