गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित


पोखरा – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबार पारित गरिएको हो । छलफलमा सबै दलका सांसदले भाग लिएका थिए ।

सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए । प्रदेश सरकारले आज नै बजेट ल्याउँदै छ । मुख्यमन्त्री पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement