कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


काठमाण्डु – कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरियोस भनेर प्रदेशसभामा प्रस्ताव राखेका थिए । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।

नीति तथा कार्यक्रम पारित भएपछि आजै बजेट सार्वजनिक हुनेछ । दिउँसो ४ बजे आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्ने भएका हुन् ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकार ल्याउने नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, माधव नेपाल समूहका सांसदले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement