काठमाण्डु – अपरमादीको पावरहाउस भित्रै पानी छिरेपछि विद्युत उत्पादन बन्द भएको छ । मादी नदीमा आएको बाढीले क्षति पुर्याउँदा २५ मेगावाट क्षमताको अपरमादीको विद्युत उत्पादन बन्द भएको हो ।
विद्युतगृहको ड्याम पूर्ण रुपमा भत्किएको अपरमादी हाईड्रोपावर मादी पावर प्रालिका बजार व्यवस्थापक गंगा सापकोटाले जानकारी दिए ।
चार किलोमिटर बाटो विभिन्न ठाँउमा भासिएपछी मजदुरहरु पावरहाउससम्म पुग्न नसकेको उनले बताए । बाढीले पावरहाउसदेखि ड्यामसम्मको १२ वटा भन्दा बढी पोल पनि बगाएको छ ।




प्रतिक्रिया