विपत व्यवस्थापनका लागि नेपाल समूहले बनायो विज्ञ टोली

विपत व्यवस्थापनका लागि नेपाल समूहले बनायो विज्ञ टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहले बाढीपहिरो, डुबानमा परेकाहरूको उद्दार र राहत र विपद् व्यवस्थापनका लागि टोली बनाएको छ । बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकले बाढी पहिरो न्यूनिकरणका लागि विज्ञ टोली बनाएको हो ।

दिर्घकालिन विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा विज्ञ टोली बनाएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

साथै बाढी पहिरो गएका स्थानमा राहत र उद्दारका लागि विपत ग्रस्त स्थानमा केन्द्रदेखि वडा तहसम्मका सबै पार्टीका कमिटीलाई परिचालन गर्ने निर्णय भएको नेतृ शाक्यले जानकारी दिइन् ।

त्यस्तै बैठकले पूर्वप्धानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । नेता खनालको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार जारी छ।