काठमाण्डु – मेलम्ची खानेपानी आयोजनामा कार्यरत दुई चिनियाँ नागरिकको शव फेला परेको छ । मंगलबार साँझ आएको बाढीपछि सम्पर्कविहीन बनेका आयोजनाका ८ कामदारमध्ये दुई जनाको शव फेला परेको हो ।
बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण नेपालले बताए ।
गोगवको शव इन्द्रावती गाउँपालिका–११ स्थित नदि किनारमा फेला परेको थियो भने यु चि झुको शव सिन्धुलीमा फेला परेको थियो । उनीहरुको साथमा भटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो ।
हेलम्बु गाउँपालिका– १ आम्बाथानमा रहेको आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली मंगलबार साँझ आएको बाढीमा बेपत्ता भएका थिए ।




प्रतिक्रिया