काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ७सय ११ पीसीआर र ४ हजार ७ सय ७३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४ सय ४ परीक्षण भएको छ ।
जसमा पीसीआर गरेका १ हजार ७ सय ६ र एन्टीजेनविधिबाट परीक्षण गरेका ८सय ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २ हजार १ सय ४१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३९ संक्रमितको मृत्यु भएको छ ।




प्रतिक्रिया