आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाने

आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष निर्वाचन आयोग जाने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न स-शरीर निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आधिकारिकता दाबी गर्न बहुमत सदस्य स-शरीर निर्वाचन आयोग जाने निर्णय भएको जानकारी दिए ।

यादव पक्षले अध्यक्ष महन्थ ठाकुर पक्षलाई पार्टीबाट निष्काशन गर्ने निर्णय आयोगले अस्वीकार गरेको थियो । त्यस्तै ठाकुर पक्षको कारबाहीको मागलाई पनि आयोगले अस्वीकार गरेको थियो ।