राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन : सभामुख सापकोटा (पूर्णपाठ)

राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन : सभामुख सापकोटा (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्रीको विश्वासको मत प्राप्त गर्ने आधार परीक्षण गर्ने अधिकार राष्ट्रपतिलाई नभएको दावी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै सभामुख सापकोटाले यस्तो दावी गरेका हुन् ।

उनले प्रतिनिधि सभामा १४९ जना सदस्यको समर्थन सहित धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र भएको उल्लेख गरेका छन् ।

‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले दिएको अवस्था समेत छैन तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ,’ जवाफमा भनिएको छ । राष्ट्रपतिले गरेका कार्य तथा निर्णय गैरसम्वैधानिक रहेको भन्दै सभामुख सापकोटाले संविधानको पालना र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख बनेको आरोपसमेत लगाएका छन् ।

साथै उनले प्रधानमन्त्रीको नियुक्तिमा अन्तीम अधिकार प्रयोग गर्ने प्रतिनिधि सभालाई आफ्नो आधारभूत कार्यबाट बञ्चित गर्नु सर्वथा उचित नहुने बताएका छन् ।