सुनको भाउ ओरालो लाग्यो

सुनको भाउ ओरालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मुल्य घट्न थालेको छ । सुनको भाउ आज एकै दिन १ हजार २ सय रुपैयाँले घटेको हो ।

यसअघि हिजो १ हजार १ सय रुपैयाँले घटेको थियो । आज (शुक्रबार) सुनको ९० हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (बिहीबार) प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३ सय ५ रुपैयाँमा झरेको छ ।