यार्सा संकलन गर्न गएका ७० जनाको सकुशल उद्धार

यार्सा संकलन गर्न गएका ७० जनाको सकुशल उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनाङमा यार्सा संकलन गर्न गएका ७० जनाको सकुशल उद्धार गरिएको छ ।

यार्सागुम्बा संकलन गर्न हिमालको फेदमा गएका मनाङको फू गाउँका ७० जनाको विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको सक्रियतामा उद्धार गरिएको हो ।

उनीहरुलाई हेलिकप्टरबाट नार्पाभूमि गाउँपालिकाको विकट लेकबाट उद्धार गरी ल्याइएको हो ।

अविरल आएको वर्षाका कारण उनीहरु लेकमा अलपत्र भएका थिए । उद्धार गरिएका मध्ये तीन जना घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि चामे लगिएको छ ।