काठमाण्डु – मेलम्ची नगरपालिकाले बाढी पीडितलाई सहयोग गर्न कोष स्थापना गरेको छ । नगरपालिकाले बाढी पीडितको पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ जम्मा गरेर कोष स्थापना गरेको हो ।
नगरपालिकाले आफ्नो तर्फबाट ५० लाख रुपैयाँ जम्मा गरेर ‘मेलम्ची बाढी पीडित राहत तथा पुनःस्थापना कोष’ स्थापना गरेको छ ।
साथै नगरपालिकाले पीडितको पुनःस्थापनाका लागि सहयोग गर्न पनि सबैलाई अपील गरेको छ । सहयोग गर्न इच्छुक व्यक्ति, संस्थालगायतले नेपाल बैंक लिमिटेड, मेलम्ची शाखामा रहेको कोषको खाता नं. १६८००१०७०५०२०९०००००१ मा रकम जम्मा गर्न सक्नेछन् ।
त्यस्तै नगरपालिकाले उक्त सहायतालाई पारदर्शी एवं निष्पक्ष ढंगले परिचालन गरी सार्वजनक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । केही दिन अगाडि आएको बाढीका कारण मेलम्ची बजार तहसनहस बनेको छ ।





प्रतिक्रिया