एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका लोकप्रिय नेताहरुको सूचीको पहिलो पहिलो नम्बरमा परेका छन् ।
अमेरिकी डेटा इन्टेलिजेन्स फर्म मर्निङ्ग कन्सल्टले गरेको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वका नेताहरुमध्ये लोकप्रीय नेताको सूचीको पहिलो नम्बरमा परेका हुन् ।
कोभिड–१९ को महामारीका बेला नेताहरुको लोकप्रियताको रेटिङ्गमा गिरावट आएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रुवल रेटिङ्ग १०० मा ६६ प्रतिशत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनी अमेरिकाका राष्ट्रपति जो बाइडेन, रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मनीकी एन्जेला मर्केललाई पछि पार्दै पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।
दोस्रो स्थानमा इटालीका प्रधानमन्त्री मारियो ड्रगी (६५ प्रतिशत), मेक्सिकनका राष्ट्रपति एन्ड्रेस म्यान्युएल लोपेज ओब्राडोर (६३ प्रतिशत), अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन (५४ प्रतिशत), जर्मन चान्सलर एन्जेला मर्केल (५३ प्रतिशत), अमेरिकी राष्ट्रपति जो बाइडेन (५३ प्रतिशत), क्यानडाका प्रधानमन्त्री जस्टिन टुड्रो (४८ प्रतिशत), बेलायतका प्रधानमन्त्री बोरिस जोनसन (४४ प्रतिशत), दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इन (३७ प्रतिशत), स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज (३६ प्रतिशत), ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो (३५ प्रतिशत), फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन (३५ प्रतिशत) र जापानी प्रधानमन्त्री योशीहिडे सुगा (२९ प्रतिशत) ले अप्रुवल रेटिङ्ग पाएका छन् ।
Global Leader Approval: Among All Adults https://t.co/dQsNxouZWb
Modi: 66%
Draghi: 65%
López Obrador: 63%
Morrison: 54%
Merkel: 53%
Biden: 53%
Trudeau: 48%
Johnson: 44%
Moon: 37%
Sánchez: 36%
Bolsonaro: 35%
Macron: 35%
Suga: 29%*Updated 6/17/21 pic.twitter.com/FvCSODtIxa
— Morning Consult (@MorningConsult) June 17, 2021




प्रतिक्रिया