वाणिज्य बैंकले असार मसान्तभित्र कर्जाको किस्ता या ब्याज बुझाउनेलाई १० प्रतिशत छुट दिने

वाणिज्य बैंकले असार मसान्तभित्र कर्जाको किस्ता या ब्याज बुझाउनेलाई १० प्रतिशत छुट दिने


काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंकले असार मसान्तभित्र कर्जाको किस्ता या ब्याज बुझाउनेलाई छुट दिने भएको छ । आज एक सूचना जारी गर्दै यो महिनाभित्र कर्जाको किस्ता या ब्याज बुझाउनेहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको हो।

कोरोना भाइरसको सङ्क्रमणका कारण कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । सहुलियतबारे जान्नका लागि सम्बन्धित शाखा कार्यालयमा बुझ्न समेत बैंकले आग्रह गरेको छ ।