काठमाण्डु – नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि सदस्यता नविकरणमा कडाइ गरेको छ । कांग्रेसले कुनै पनि चुनावमा विद्रोही रहेका उम्मेदवारको सदस्यता नविकरण नगर्ने भएको हो।
छानविन समितिका सचिव केवश रिजालले कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नविकरण नगरिने बताए । त्यस्तै, विद्रोही उम्मेदवारको समर्थन, प्रस्तावक र पार्टीको अनुशासनको कारबाहीमा परेका व्यक्तिको पनि सदस्यता नविकरण नगरिने उनले बताए ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १६–१९ भदौमा काठमाण्डुमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसका लागि आठ लाख सदस्यको केन्द्रले उपलब्ध गराएको सफ्टवेयरमा ‘इन्ट्री’ भइसकेको छ।जस मा तीन लाख ८० हजार पुराना सदस्य छन् ।
बाँकी चार लाख २० हजार नयाँ सदस्य रहेका छन् । ढिलाइ भएका केही जिल्लाबाट सदस्यता ‘इन्ट्री’ गर्ने काम भइरहेको कांग्रेसले जनाएको छ । नविकरण छुटेका व्यक्तिले सिधै केन्द्रीय सदस्यता छानविन समितिमा पनि पठाउन सक्नेछन् ।




प्रतिक्रिया