काठमाण्डु – मनसुन शुरू भएसँगै देशभर बाढी-पहिरोका घटना बढिरहेका छन् । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले गर्दा ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् ।
आज शनिबार कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका नदीमा ‘आकस्मिक’ बहाव आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज कोशी, कर्णाली, महाकाली, कन्काई, पश्चिम राप्ती, बबई जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्दो हुने र केही स–साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं।’




प्रतिक्रिया