काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा फेरी दोहोरिने बताएका छन् । शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापति पदकालागि फेरी लड्ने बताएका हुन् ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । साथै देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको एक केन्द्रीय सदस्यले बताए ।




प्रतिक्रिया