खेतीपाती गर्ने वातावरण मिलाउन अखिल नेपाल किसान महासंघको आग्रह

खेतीपाती गर्ने वातावरण मिलाउन अखिल नेपाल किसान महासंघको आग्रह


काठमाण्डु  – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले बाढीपीडितको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

महासंघले आज विज्ञप्ति जारी गर्दै प्राकृतिक प्रकोपहरू आउन नदिन गर्नुपर्ने पूर्वतयारी नभएकाले ठुलो संख्यामा जनधनको क्षति भएको बताएको छ ।

साथै किसानहरूले बासल भित्राउने तथा लगाउने बेलामा आएको डुबान र पहिरोका कारण संरचनामा क्षेती पुगेकाले भत्किएका र नष्ट भएका संरचनाहरू तत्काल पूनर्निर्माण गरी खेतीपाती गर्ने वातावरण तयार गर्न पनि सरकारसंग माग गरेको छ ।