काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार सात हजार १० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जना र ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको कूल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ । त्यस्तै गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थप ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया