एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ८७ हजार ४९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा १५३७ जनाको संक्रमणबाट मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा बितेको ८१ दिनको अवधिमा सबैभन्दा कम संक्रमण पुष्टि भएको जनाइएको छ। यसअघि मार्च ३० मा भारतमा ५३ हजार २३७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतमा हालसम्म २ करोड ९८ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने तीमध्ये २ करोड ८७ लाख निको भएका छन् । यस्तै ३ लाख ८६ हजार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।




प्रतिक्रिया