विपद व्यवस्थापनबारे गृहमन्त्री अधिकारीले गरे सातै प्रदेशका मन्त्रीसँग छलफल

विपद व्यवस्थापनबारे गृहमन्त्री अधिकारीले गरे सातै प्रदेशका मन्त्रीसँग छलफल


काठमाण्डु – गृहमन्त्री खगराज अधिकारीले सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारमा जारी बैठकमा गृहमन्त्री अधिकारीले विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाबारे सबै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विपद् व्यवस्थापनको विषयमा छलफल भइरहेको जानकारी दिए । बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री अधिकारी र तीन सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।