काठमाण्डु – पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारका क्रममा पोर्चुगल पुगेका काभ्रेपलाञ्चोक घर भएका प्रदीप तामाङको बिहिबार मृत्यु भएको हो ।
उनी करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनको लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचार भइरहेको थियो ।
अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका तामाङको आज अन्तिम दाहासंस्कार गरिने गैरआवासीय नेपाली संघ पोर्चुगले जनाएको छ ।




प्रतिक्रिया