नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजन सपोर्ट हटाइयो


काठमाण्डु – भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको बताएका छन् । उनले भने , ‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अहिले अक्सीजन सपोर्ट निकालेर उपचार थालिएको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’ छ ।