विपक्षी गठबन्धनले गरे लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

विपक्षी गठबन्धनले गरे लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार


काठमाण्डु – लुम्बिनी प्रदेश सभाको आज बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी दलले बैठक बहिष्कार गरेको हो ।

आजको बैठक विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव–बाबुराम भट्टराई समूह) का सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जानकारी दिएका थिए ।

उनले पहिले सरकारले आफ्नो वैधानिकता प्रस्तुत गर्नुपर्ने उल्लेख गरका छन् । आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।