काठमाण्डु – नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर घट्न थालेको छ । केही दिनमा संक्रमित हुने भन्दा निको हुने दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ। ३ हजार ४५६ जना डिस्चार्ज भएका छन् ।
काठमाण्डु उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाण्डुमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।




प्रतिक्रिया