देशभर मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ भारी वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ भारी वर्षाको सम्भावना ?


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो मुलुकभर सामान्यदेखि पूर्ण बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना रहेकाे छ ।त्यस्तै प्रदेश १ का एक,दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।

यसैगरि राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ ।