काठमाण्डु – वीरगञ्जमा नेपाली सेनाका एक जना जवानले आफैंलाई गोली हानेका छन् । वीरगञ्जस्थित चण्डीप्रसाद गणमा कार्यरत जवान श्यामबाबु प्रसाद चौहानले आफैंलाई गोली हानेका हुन् ।
ड्युटीमा रहेका उनले आइतबार राती ८ बजे चिउँडोमा गोली हानेका हुन् । पर्साको पोखरिया नगरपालिकाका स्थायी बासिन्दा चौहानले आत्महत्या प्रयास गर्ने उदेश्यले गोली प्रहार गरेको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार उनको अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा उपचार भइरहेका चौहानले किन गोली हाने भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया