काठमाण्डु – नेपालमा कोरोना भाइरस संक्रमण डेल्टा भेरियन्टको नयाँ म्यूटेसन पुष्टी भएको छ । ४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा ‘अल्फा भेरियन्ट’ पुष्टि भएकोे हो ।
मन्त्रालयका प्रवक्ताडा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरि परीक्षणका लागि डब्ल्यूएचओद्वारा मान्यता प्राप्त इन्स्टिच्यूट अफ जिनोमिक्स एण्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला दिल्ली पठाइएको पठाएको थियो ।
जसमा ९ वटा नुमनामा के४१७ एन नयाँ म्यूटेसन (भाइरसको उत्परिवर्तित रुप) पुष्टि भएको छ । साथै के४१७एन भेरियन्ट अमेरिका, जापान, क्यानडा, रसिया, पोर्चुगल, भारत, स्विजरल्याण्ड लगायतका देशमा देखिसकेको प्रवक्ता पौडेलले काठमाण्डुपाटीलाई जानकारी दिए ।
के४१७एन म्युटेसनले भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तै परिवर्तन लिएर आएकाले शरीरमा हुने एन्टीबडीमा आक्रमण गर्छ । अर्थात्, यो भेरियन्ट निकै शक्तिशाली रहेको विज्ञहरुले बताएका छन् । यो भेरियन्ट भारतमा केही दिन अगाडिमात्रै देखिएको थियो । यो भेरियन्टबारे अनुसन्धान भईरहेको छ । नेपालमा हालसम्म ६ लाख २१ हजार ५६ जना कोरोना संक्रमित भएका छन् भने ८ सय ७६ जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया