काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल जारी राखेका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीत भएर गत शनिबारदेखि सुरु भएको छलफल आज पनि जारी छ । महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेका देउवाले सात वटा प्रदेशका नेताहरुसँग छलफल जारी राखेका हुन् ।
उनले आज तीन वटा प्रदेशका नेताहरुसँग छलफल गर्दैछन् । देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरुसँग छलफल जारी राखेका हुन् ।
यसअघि उनले शनिबार प्रदेश नम्बर १, २, आइतबार बागमती प्रदेश र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरिसकेका छन् । सभापति देउवालाई आफू निकट मानिने विमलेन्द्र निधिले महाधिवेशनमा सहयोग नगर्ने बताएका छन् ।
उनले आफू सभापतिमा उठ्ने भन्दै सहयोग गर्न देउवालाई आग्रह गरिसकेका छन् । तर, देउवाले अहिले आफूलाई सहयोग गर्न आग्रह गर्दै आइरहेका छन् ।




प्रतिक्रिया