अमेरिकाको अलाबामामा भ्यान दुर्घटना, ९ बालबालिकासहित १० जनाको मृत्यु

अमेरिकाको अलाबामामा भ्यान दुर्घटना, ९ बालबालिकासहित १० जनाको मृत्यु


एजेन्सी – अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ९ बालबालिका सहित १० जनाको ज्यान गएको हो ।

अधिकारीहरुले दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ ।

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्काे भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका प्रहरीले जानकारी दिएको छ ।

यो सडक दुर्घटना भएको र दुइ ओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन् । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।