काठमाण्डु – नयाँ पार्टी नेपालले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन चुनौती दिएको छ ।
नयाँ पार्टी नेपालले आज सिंहदरबारको मूल गेटमा नै एक सूचना टाँसेर उपप्रधानमन्त्री महतोलाई आफु नेपाली नागरिक भएको प्रमाण नदेखाए सिंहदरबारसहित क्रमश देशभरि नै प्रवेशमा निषेध गर्ने चेतावनी दिएको हो ।
सूचनामा भनिएको छ, ‘नयाँ पार्टी नेपालले दिएको समयसिमा भित्र आफू नेपाली नागरिक हुँ भन्ने प्रमाण देखाउन नसक्ने कथित भारतीय नागरिक राजेन्द्र सुडी महतोलाई हालको लागि सिंहदरबार क्षेत्रमा प्रवेश निषेध गरिएको छ, क्रमश, देशभरि नै प्रवेश निषेध गरिनेछ ।’





प्रतिक्रिया