काठमाण्डु – साताको दोस्रो कारोबार दिन एवम् आज पनि शेयर बजार ओरालो लागेको छ ।
२.४५ प्रतिशत अर्थात ७१.०६ अङ्कले ओरालो लागेको नेप्से परिसूचक आज २ हजार ८३४.४१ बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि आज ८.३७ अङ्कले घटेर ५२०.१८ बिन्दुमा झरेको छ ।
सेयर बजारमा आज ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो दिन २२७ ओटा कम्पनीको एक लाख २७ हजार ८३७ पटकको व्यापारमा २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर खरिदबिक्री भए ।
आज वित्त र हाइड्रो पावर समूहका लगानीकर्ताहरूले सबैभन्दा बढी ५.२० प्रतिशतले गुमाएका छन् भने विकास बैंक समूहको परिसूचक ४.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ४.५१ प्रतिशत, निर्जीबन बीमा समूहको २.८९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.८१ प्रतिशत, जीवन बीमा समूहको २.५१ प्रतिशत र अन्य समूहको परिसूचक २.४० प्रतिशतले घटेको छ ।
यसैगरी बैंकिङ समूहको परिसूचक १.७८ प्रतिशत, वित्त समूहको १.९९ प्रतिशत, म्यचुअल फण्डको १.३८ प्रतिशत, व्यापारिक समूहको ०.८४ प्रतिशत र लगानी समूहको परिसूचक ०.४९ प्रतिशतले घटेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ९.९७ प्रतिशतले बृद्धि भएको छ । उक्त कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्ता ६५ रुपैयाँले नाफा कमाएका छन् भने कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता ७१७ रुपैयाँ रहेको छ ।




प्रतिक्रिया