काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता भंग गर्न खोजेको आरोप लगाएका छन् ।
नेता नेपालले सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशका ४ जना सांसदहरुमाथि गरिएको कारबाही अदालतले उल्टाएपछि फेरि ओलीको भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्न खोजेको आरोप लगाएका हुन् ।
‘स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,’ उनले भनेका छन् ।
उनले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ भन्ने कुरा सहजै देख्न सकिने बताएका छन् ।




प्रतिक्रिया