काठमाण्डु— सर्वोच्च अदालतमा आज मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाई हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा सुनुवाई हुने भएको हो ।
गत जेठ ६ गते सर्वोच्च अदालतले सांसदबाट रिक्त भएका ६ जना मन्त्रीको पद खारेज गरी काम/कारबाहीमा रोक लगाएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले चुनावी सरकारको विस्तार भन्दै जेठ २१ र २८ मा पुनः मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने र नपर्ने सन्दर्भमा विपक्षीसहित आज छलफल गर्दैछ ।
कामचलाउ सरकारलाई मन्त्रिपरिषद् विस्तारको अधिकार नहुने भन्दै जेठ २१ गतेको मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दायर गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीले २८ गतेको मन्त्रिपरिषद् विस्तारविरुद्ध पुनः पूरक निवेदन पेस गरेका थिए ।




प्रतिक्रिया