एमालेले सर्वोच्चमा दर्ता गराएको भ्याकेटमा आज सुनुवाइ हुँदै

एमालेले सर्वोच्चमा दर्ता गराएको भ्याकेटमा आज सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको रिट निवेदन विरुद्धको सुनुवाई आज हुँदैछ । दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै एमालेले सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

संस्थापक अध्यक्ष अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । महाधिवेशन आयोजक कमिटी नै एमालेको वैधानिक निकाय भएको दाबी गर्दै एमालेले निवेदन दर्ता गरिएको हो । सर्वोच्च अदाललका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गत जेठ २७ मा कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

पार्टी केन्द्रीय कमिटीले कारवाही गर्न पाउने भए पनि एमालेमा अहिले केन्द्रीय कमिटी नभइ महाधिवेशन आयोजक कमिटी रहेकाले महाधिवेशन आयोजक कमिटीले कारवाही गर्न नमिल्ने आदेशमा उल्लेख थियो । भ्याकेट निवेदनमा भने माधिवेशन आयोजक कमिटी नै कन्द्रीय कमिटीले बनाएकाले यसले अधिकार प्रयोग गर्न सक्ने एमालेले तर्क गरेको छ ।

संसदीय व्यवस्थामा दलको ह्वीप उल्लंघन गर्दा पार्टीले कारवाही गर्न सक्ने भन्दै भ्याकेटमा कर्णालीमा चार जनामाथि गरिएको कारवाही राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै भएको उल्लेख गरिएको छ ।