आजदेखि लाइसेन्सको सेवा पुनः सञ्चालन, कोटा प्रणाली लागू

आजदेखि लाइसेन्सको सेवा पुनः सञ्चालन, कोटा प्रणाली लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको सवारीचालक अनुपतिपत्र (लाइसेन्स) सेवा पुनः सञ्चालनमा आएको छ ।

यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको सेवा पुनः सुचारु गरिएको मार्फत जानकारी दिएको छ ।

आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरुको राजस्व संकलन तथा सवारीचालक अनुमतिपत्र वितरण गरिने छ ।

सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरुको राजस्व संकलन तथा सवारीचालक अनुमतिपत्र वितरणमा कोटा प्रणाली लागू गरिएको छ ।