विश्वासको मत नपाएपछि स्विडेनका प्रधानमन्त्री पदमुक्त

विश्वासको मत नपाएपछि स्विडेनका प्रधानमन्त्री पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् ।

संसद्मा सोमबार भएको मतदानका क्रममा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी स्वतः पदमुक्त भएका हुन् । यद्यपि उनले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् ।

मतदानमा सहभागीमध्ये १ सय ८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाले मतदान गरेका थिए । स्विडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन् ।

तीमध्ये १०९ जनो तटस्थ बसेका थिए भने ५१ जना अनुपस्थित भएका थिए । स्विडेनको संसद्ले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद् जोगिएको छ ।