ओलीले गलत बाटो रोज्दाको परिणाम सिंगो देश र जनताले भोग्दैछन् : माधव नेपाल

ओलीले गलत बाटो रोज्दाको परिणाम सिंगो देश र जनताले भोग्दैछन् : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई तहसनहस पारेर गलत बाटो रोज्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्नुपरेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता नेपालले केपी ओलीले गलत बाटो अंगाल्दाका परिणाम सिंगो देश सहित पार्टी र जनताले परिणाम भोग्नुपरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी ‘नेकपा’ बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् ।’

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक–पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्याउने उनको टिप्पणी छ । ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पु¥याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं,’ उनले भनेका छन् ।