काठमाण्डु – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।
बिहान साढे ६ बजेतिरदेखि काठमाण्डुसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।




प्रतिक्रिया